गोजीमा २ सय रुपैयाँ नभएर भौतारिएका अक्षय सर्वाधिक कमाई गर्ने कलाकारको सूचिमा परे

बलिउडका सुपरस्टार अक्षय कुमार सर्वाधिक कमाई गर्ने मनोरञ्जन दुनियाँका १ सय सेलिब्रिटीहरुको सूचीमा पर्न सफल भएका छन् । फोर्ब्स म्यागेजिनले सन् २०२० मा सर्वाधिक कमाई गर्ने कलाकारको सूची निकाल्दा अक्षय पनि अटाएका हुन् ।

साहरुख खान, सलमान खान, लगायतका चर्चित अभिनेताहरुका फिल्मले गएको वर्ष बजारमा सोचेजस्तो ब्यापार नगरेका बेला अक्षयले भने लगातार आफ्ना फिल्महरु मार्फत कमाल नै गरे ।

यो बर्ष सर्वाधिक कमाई गर्ने मनोरञ्जन दुनियाँका सेलिब्रिटीहरुको सूचीमा बलिउडबाट नायक अक्षय कुमार मात्र छानिँदै उक्त सूचिको ५२ औं नम्बरमा छन् ।

फोब्र्सका अनुसार नायक अक्षय कुमारले ४८ दशमलव ५ मिलियन डलर आम्दानी गरेका छन् ।

चलचित्र, विज्ञापनको माध्यमबाट आम्दानी गर्दै आएका अक्षयले हलिउड सेलिब्रिटी जेनिफर लोपेजलाई पनि उछिन्न सफल भएका छन् ।

सुरुवाती दिनमा उनीसँग २ सय रुपैया पनि नभएर भौतारिएको बताउने गरेका छन् ।

उनी सफल हुनुमा उनको मेहिनत र पारिवारिक सपोर्ट रहेको स्वीकार्छन् ।

Written by 

Leave a Reply

Your email address will not be published. Required fields are marked *